७ असार २०८१, शुक्रबार

नेपालमा कोरोना जित्नेको संख्या ७३ हजार नाघ्यो, थप १६८० जना कोरोना संक्रमणमुक्त


कोरोना भाइरस

काठमाडौँ, असोज २३ । नेपालमा पछिल्लो २४ घण्टामा १६८० जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ७३०२३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सो कुराको जानकारी दिएका हुन् ।

काठमाडौं उपत्यकामा आज १४०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका १११६ जना, ललितपुर जिल्लाका १६३ जना र भक्तपुर जिल्लाका १३० जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा आज कोरोना संक्रमण नयाँ २०५९ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १००६७६ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६०० पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना जित्नेको संख्या ७१ हजार नाघ्यो, थप २६७५ जना कोरोना संक्रमणमुक्त

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !