७ मंसिर २०८१, शुक्रबार

कैलालीका ३३ सहित सुदूरपश्चिममा थप ४९ जनामा कोरोना पुष्टि


कैलाली धनगढी उपमहानगरपालिका

धनगढी, असोज २३ । कैलाली जिल्लाका ३३ जनासहित सुदूरपश्चिम प्रदेशका थप ४९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज अपरान्ह ४ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ४९ जनामा कोरोना पुष्टि भएको जनाएका छन् ।

सेती प्रादेशिक अस्पतालका डा. हेमराज पाण्डेका अनुसार ११ जना महिलाहरु र ३८ जना पुरुषहरुमा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ४९३ जनाको कोरोना परीक्षण गर्दा कैलालीका ३३ जना, कंचनपुरका १४ जना, डडेल्धुरा र सुर्खेतका १/१ जनामा कोरोना संक्रमण देखिएको हो ।

कोरोना संक्रमण पुष्टि हुनेहरुमा धनगढी उपमहानगरपालिकाका २१ जनामध्ये वडा नम्बर १ का ५ जना, वडा नम्बर ५ का ४ जना, वडा नम्बर ३ र ४ का २/२ जना, वडा नम्बर ६ र १३ का १/१ जना र वडा नखुलेका ६ जनामा पनि संक्रमण पुष्टि भएको छ । यस्तै गोदावरी नगरपालिकाका ७ जना, भजनी नगरपालिकाका ३ जना, घोडाघोडी नगरपालिका र बर्दगोरिया गाउँपालिकाका १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

साथै कञ्चनपुरको बेलौरी नगरपालिकाका ६ जना, भीमदत्त नगरपालिकाका ५ जना, पुर्नवास नगरपालिकाका २ जना, कृष्णपुर नगरपालिका-५ का १ जनामा कूरना संक्रमण देखिएको छ । त्यस्तै डडेल्धुराको भागेश्वर गाउँपालिका र सुर्खेतको सिंगाढका १/१ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ४९ जनामा कोरोना संक्रमण पुष्टी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !