१२ असार २०८१, बुधबार

आज कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


आज कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?

काठमाडौँ, असोज २० । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १५५१ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९०८१४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११०४७ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १० लाख ९९ हजार २७६ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या २२७०९ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा ९११८ जनाको उपचार भइरहेको छ भने होम आइसोलेसनमा १३५९१ जना रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ४२२१ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा आज १०१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका ७८३ जना, ललितपुर जिल्लाका ११८ जना र भक्तपुर जिल्लाका ११७ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा २३४० जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ६७५४२ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६३ पुगेको पुष्टि भएको छ ।

प्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरण

प्रदेश १

प्रदेश १ को इलाममा २, उदयपुरमा ३, खोटाङमा १, झापामा ४, ताप्लेजुङमा १, धनकुटामा २, मोरङमा २७, र सुनसरीमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश २

प्रदेश २ को धुनषामा १२, पर्सामा २, बारामा २, महोत्तरीमा १५, रौतहटमा ६, सप्तरीमा २, सर्लाहीमा ७ र सिरहामा १० जनामा कोरोना संक्रमण देखिएको छ ।

बागमती प्रदेश

बागमती प्रदेशको काठमाडौंमा ७८३ जना, काभ्रेपलान्चोकमा २४, चितवनमा ८१, दोलखामा १, धादिङमा ५, नुवाकोटमा ५, भक्तपुरमा ११६, मकवानपुरमा ६, रामेछापमा २, ललितपुरमा ११८, सिन्धुपलान्चोकमा ३ जना र सिन्धुलीमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशको कास्कीमा २, गोरखामा २०, तनहुँमा २, नवलपरासी पूर्वमा १३, म्याग्दीमा १, लमजुङमा १, बाग्लुङमा १ र स्याङजामा ५ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रदेश ५

प्रदेश ५ को अर्घाखाँचीमा २, कपिलवस्तुमा २, गुल्मीमा २, दाङमा ३४, नलवपरासीमा ९, पाल्पामा ४, प्युठानमा ६, बर्दियामा १, बाँकेमा ३४ र रुपन्देहीमा ९६ र रोल्पामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेश

कर्णाली प्रदेशको कालिकोटमा १०, दैलेखमा ७, रुकुम पश्चिममा ४ र सुर्खेतमा १ जनामा कोरोना संक्रमण देखिएको छ ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा ४, कैलालीमा २०, डडेल्धुरामा १, बझाङमा १ र बैतडीमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !