१२ असार २०८१, बुधबार

गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४२६४ पुग्यो


कोरोना भाइरस

पोखरा, असोज २०। गण्डकी प्रदेशमा आज बिहान र दिउसो गरी थप २५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४२६४ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ११:०० बजे र दिउसो १२:१५ बजे प्रेस बिज्ञप्ति जारी गर्दै ४ जना र २१ जना गरी २५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

बिहान ११:०० बजे अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा र बि.पी. कोईराला स्मृती क्यान्सर अस्पताल, चितवनमा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ४ जनामा कोरोना संक्रमण देखिएको हो । कोरोना संक्रमण पुष्टि हुनेहरुमा तनहुँका २ जना र नवलपरासी सुस्ता पूर्वका २ जना रहेका छन् ।

तनहुँ जिल्ला, ब्यास-३ का २३ बर्षीय पुरुष कन्ट्याक ट्रेसिंगबाट पहिचान भएका हुन् । उनलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भई रहेको छ भने बि.पी. कोईराला स्मृती क्यान्सर अस्पताल, चितवनबाट पहिचान भएका संक्रमित सोहि अस्पतालको आईसोलेसनमा रहेका छन् ।

दिउसो १२:१५ बजे अध्यावधिक विवरण अनुसार पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा र चितवन मेडिकल कलेज, चितवनमा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ २१ जनामा कोरोना संक्रमण देखिएको हो । कोरोना संक्रमण पुष्टि हुनेहरुमा कास्कीका ६ जना, स्याङजाका १ जना, तनहुँका २ जना, नवलपरासी सुस्ता पूर्वका ११ जना र गोरखाका १ जना रहेका छन् ।

कास्की जिल्लाका सबै र स्याङ्जा जिल्ला, ब्यास-१ का ३० बर्षीय महिला पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराको फिभर क्लिनिकबाट पहिचान भएका हुन् । उनीहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भई रहेको छ भने चितवन मेडिकल कलेजबाट पहिचान भएका संक्रमितहरु सोहि अस्पतालको आईसोलेसनमा बसेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !