८ मंसिर २०८१, शनिबार

काठमाडौँमा ११७८ सहित उपत्यकामा आज १५३१ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं उपत्यका

काठमाडौँ, असोज १९ । काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज काठमाडौँ जिल्लामा ११७८ जनासहित १५३१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका ११७८ जना, ललितपुर जिल्लाका २५० जना र भक्तपुर जिल्लाका १०३ जनामा कोरोना संक्रमण देखिएको छ । हिजो काठमाडौं उपत्यकामा १५९९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

पछिल्ला दिनहरुमा राजधानी काठमाडौँमा संक्रमितको संख्या बढिरहेको छ । नयाँ कोरोना संक्रमितहरु कुन-कुन ठाउँका हुन् भन्ने जानकारी मन्त्रालयले दिएको छैन ।

यो पनि पढ्नुहोस्

काठमाडौँमा १३७३ सहित उपत्यकामा आज १५९९ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !