५ जेष्ठ २०८१, शनिबार

काठमाडौँमा १३७३ सहित उपत्यकामा आज १५९९ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं उपत्यका

काठमाडौँ, असोज १८ । काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज काठमाडौँ जिल्लामा १३७३ जनासहित १५९९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका १३७३ जना, ललितपुर जिल्लाका १८७ जना र भक्तपुर जिल्लाका ३९ जनामा कोरोना संक्रमण देखिएको छ । हिजो काठमाडौं उपत्यकामा ११७७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पछिल्ला दिनहरुमा राजधानी काठमाडौँमा संक्रमितको संख्या बढिरहेको छ । नयाँ कोरोना संक्रमितहरु कुन-कुन ठाउँका हुन् भन्ने जानकारी मन्त्रालयले दिएको छैन ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा १२७८४ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १० लाख ७४ हजार ४४८ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या २१२१९ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा १०३२६ जनाको उपचार भइरहेको छ भने होम आइसोलेसनमा ११८९३ जना रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ४२०३ जना रहेका छन् ।

नेपालमा आज कोरोना संक्रमण नयाँ २२५३ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८६८२३ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५३५ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

काठमाडौँमा १००१ सहित उपत्यकामा आज ११७७ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !