७ मंसिर २०८१, शुक्रबार

चितवनका ४७ जनासहित थप ६६ जनामा कोरोना संक्रमण पुष्टि


चितवन मेडिकल कलेज

चितवन, असोज १९ । चितवन जिल्लामा थप ६६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजको ल्यावमा गरिएको परीक्षणमा चितवनका ४७ जनासहित थप ६६ जनामा संक्रमण पुष्टि भएको हो ।

चितवन मेडिकल कलेजको ल्यावमा असोज १८ गते १८७ वटा नमुनाहरुको पिसिआर परीक्षणको क्रममा ६६ वटा नमुनाको नतिजा पोजेटिभ र १२१ वटा नमुनाको नतिजा नेगेटिभ रहेको चितवन मेडिकल कलेजले जानकारी दिएको छ ।

कोरोना संक्रमण देखिएकाहरुमध्ये चितवनका ४७ जना, नवलपुरका १२ जना, मकवानपुरका ३ जना, तनहुँ, रुपन्देही, बारा र पर्साका १/१ जना गरी ४ जना रहेका छन् ।

चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा थप ६६ जनामा कोरोना संक्रमण पुष्टि

चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा थप ६६ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !