८ मंसिर २०८१, शनिबार

कर्णाली प्रदेशमा थपिए ६१ कोरोना संक्रमित, २० जना कोरोना संक्रमणमुक्त


कर्णाली प्रदेश

सुर्खेत, असोज १८ । कर्णाली प्रदेशमा आज दिउसो ६१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ३८४१ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य शिक्षा अधिकारीले आज दिउसो एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

कर्णाली प्रदेश अस्पताल, सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र दैलेख अस्पताल प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा सुर्खेतका ५२ जना, दैलेखका ६ जना, कालीकोटका १ जना, जाजरकोटका १ जना र रुकुम पश्चिमका १ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा कोभिड-१९ संक्रमणवाट निको भई २० जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ३११० जना पुगेको छ भने ९ जनाको कोरोना संक्रमणवाट मृत्यु भएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । कर्णाली प्रदेशमा हाल ७२१ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।

कर्णाली प्रदेशमा थपिए ६१ कोरोना संक्रमित, २० जना कोरोना संक्रमणमुक्त

यो पनि पढ्नुहोस्

कर्णालीमा थप ५१ जना संक्रमित, ४५ जना संक्रमणमुक्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !