१९ असार २०८१, बुधबार

गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४०९७ पुग्यो


कोरोना भाइरस

पोखरा, असोज १८। गण्डकी प्रदेशमा आज बिहान थप ३८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४०९७ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ११:३० बजे प्रेस बिज्ञप्ति जारी गर्दै ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ३८ जनामा कोरोना संक्रमण देखिएको हो । कोरोना संक्रमण पुष्टि हुनेहरुमा नवलपरासी सुस्ता पूर्वका २६ जना, बागलुङका २ जना, स्याङजाका १ जना र तनहुँका ९ जना रहेका छन् ।

नवलपरासी (ब.सु.पू) जिल्ला, मध्यबिन्दु अस्पतालमा कार्यरत ५ जना कर्मचारीमा २ जना ल्याबमा, १ जना अनमी र २ जना सहयोगी कर्मचारी हुन् । स्याङ्जा जिल्लाका १ जना र बाग्लुङ जिल्लाका २ जना गरी ३ जना भारतबाट आएका हुन् । अन्य सबैजना कन्ट्याक ट्रेसिंगबाट पहिचान भएका हुन् । नयाँ कोरोना संक्रमित सबैलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भईरहेको छ ।

आज बिहान ८:०० बजे अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै कोरोना संक्रमितको संख्या ४०५९ जना पुगेको थियो ।

गण्डकी प्रदेश

यो पनि पढ्नुहोस्

गण्डकी प्रदेशमा थप ४३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४०५९ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !