१९ असार २०८१, बुधबार

गण्डकी प्रदेशमा थप ४३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४०५९ पुग्यो


पोखरा, असोज १८। गण्डकी प्रदेशमा आज बिहान थप ४३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४०५९ जना (१ मृत्यु समेतको) पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ८:०० बजे प्रेस बिज्ञप्ति जारी गर्दै ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ १० जनामा कोरोना संक्रमण देखिएको हो । कोरोना संक्रमण पुष्टि हुनेहरुमा तनहुँका ५ जना र लमजुङका ५ जना रहेका छन् ।

चितवन मेडिकल कलेज, चितवनमा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ३३ जनामा कोरोना संक्रमण देखिएको हो । कोरोना संक्रमण पुष्टि हुनेहरुमा नवलपरासी सुस्ता पूर्वका २६ जना, तनहुँका ४ जना, गोरखाका १ जना, स्याङजाका १ जना र बागलुङका १ जना रहेका छन् ।

चितवन मेडिकल कलेज, चितवनबाट कोरोनाको संक्रमण पहिचान भएका सबै जना सोहि अस्पतालको आईसोलेसनमा बसेका छन् । तनहुँ जिल्ला, सुक्ला गण्डकीका सबैजना बि.पी.कोईराला श्वासप्रश्वास उपचार केन्द्र, तनहुँमा कार्यरत (चिकित्सक, अनमी, सुरक्षागार्ड, लेखा र प्रशासन) हुन् । लमजुङका सबैजना कन्ट्याक ट्रेसिंगबाट पहिचान भएका हुन् । नयाँ कोरोना संक्रमित सबैलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भईरहेको छ ।

दु:खद जानकारी

नवलपुर जिल्ला, विनय त्रिवेणी गाउँपालिका-२ दुम्किबासका ३६ वर्षीय पुरुष असोज १७ गते दिनको १२ बजे कोरोना संक्रमण सहित खोकी, श्वासप्रश्वाश तथा कलेजोमा समस्या भई भरतपुर अस्पतालको कोभिड आइसीयुमा भर्ना भएका थिए । उनलाई असोज १३ गते कोभिड १९ संक्रमण पुष्टि भई आइसोलेसनमा बस्दै आएका थिए । उनले लामो समयदेखि मुटु र कलेजोको उपचार गराई रहेका थिए ।

उपचारका सबै उपायहरु गर्दागर्दै असोज १७ गते दिनको ४:५० बजे कोरोना संक्रमणको कारणले निधन भएको जानकारी भरतपुर अस्पतालबाट प्राप्त प्रतिबेदनमा उल्लेख गरिएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणका कारण मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

गण्डकी प्रदेशमा थप ४३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४०५९ पुग्यो

गण्डकी प्रदेशमा थप ४३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४०५९ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !