काठमाडौं, असोज १७ । नेपाली काँग्रेसका नेताहरु अर्जुन नरसिंह केसी र गगन थापालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । साथै नेपाली काँग्रेस पार्टी कार्यालय स्रोतका अनुसार केन्द्रीय सदस्यहरु शम्भुलाल श्रेष्ठ, कल्पना चौधरी लगायतमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । थापाको स्वास्थ्य अबस्था सामान्य रहेको र घरमै बसिरहेका छन् ।
१९ असोजमा बस्ने केन्द्रीय कार्यसमिति बैठकका लागि काँग्रेसका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुसहित १५९ जनाको स्वाब संकलन संकलन भएकोमा रिपोर्ट आएका मध्ये ४ जनामा पोजेटिभ देखिएको हो । बिहीबार नेताहरुका सुरक्षा गार्ड, गाडी चालकको पनि पिसिआर परीक्षणका लागि स्वाब लिइएको थियो । साथै पार्टी कार्यालयमा सबै कर्मचारीको पनि स्वाब संकलन गरिएको थियो ।
टेकुस्थिति इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाबाट मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलको नेतृत्वमा गएको माइक्रो बायोलोजिस्टद्वय नविन पोखरेल र प्रसान्त राउतको टोलीले नेताहरुको स्वाब संकलन गरेको थियो ।
स्वाब संकलन सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाको भने गरिएको थिएन। सभापति देउवा र महामन्त्री कोइरालाले केही दिनअघि मात्र पिसिआर रिपोर्ट नेगेटिभ आएकाले स्वाब संकलन गरिएको थिएन ।
भोलि पदाधिकारी बैठक बोलाइएकको थियो । आज बसेको पदाधिकारी सहितका केन्द्रीय सदस्यहरुको बैठकमा नेता गगन थापा पनि सहभागी भएका कारण शिर्ष नेताहरु समेत कन्ट्याक्ट ट्रेसिङमा परेका छन् ।
साथै कांग्रेसका करिब ७० जनाको पोजेटिभ रिपोर्ट आएको स्रोत बताएको छ । सोमबारदेखि हुन लागेको बैठकका लागि नेताहरुको कोरोना परीक्षण भएको थियो । धेरैमा संक्रमण देखिएपछि बैठक समेत प्रभावित हुने भएको छ ।
१५गते नेका पार्टी अफिसमा गरिएको स्वाब संकलनमा कोभीड१९पोजिटिभ भएको रिपोर्ट रातोपाटी र नबकान्ती पुर बाट थाहाभयो।पार्टी बाट अझै खबर नहुनु दुःखद र खेदजनक छ।आजै देखि सेल्फ क्वारेन्टाइन मा छु।म संग सम्पर्क मारहनु भएको साथीहरूलाई परीक्षण गर्न र मेरो स्वास्थ्य ठिक रहेको कुरा आग्रह गर्दछु
— Arjun Narasingha Kc (@ArjunNarasingha) October 3, 2020
असाेज १५ गते पार्टी कार्यालयमा भएकाे PCR परीक्षणमा मलाई काेभिड संक्रमण देखिएको जानकारी पाएँ।मेरो स्वास्थ्य अवस्था सामान्य छ।अहिले म घरमै आइसोलेसनमा छु।यस बिचमा मेरो सम्पर्कमा रहनुभएका सबैले सजगता अपनाउनुहुन र कुनै समस्या आएमा स्वास्थ्यकर्मीसंग परामर्श गर्नुहुन अनुरोध गर्दछु।
— Gagan Thapa (@thapagk) October 3, 2020