४ आश्विन २०८१, शुक्रबार

आज कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


आज कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?

काठमाडौँ, असोज १८ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ २२५३ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८६८२३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा १२७८४ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १० लाख ७४ हजार ४४८ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या २१२१९ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा १०३२६ जनाको उपचार भइरहेको छ भने होम आइसोलेसनमा ११८९३ जना रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ४२०३ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा आज १५९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका १३७३ जना, ललितपुर जिल्लाका १८७ जना र भक्तपुर जिल्लाका ३९ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १३२९ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ६४०६९ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५३५ पुगेको पुष्टि भएको छ ।

प्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरण

प्रदेश १

प्रदेश १ को उदयपुरमा २, खोटाङमा ३, झापामा १६, भोजपुरमा १, मोरङमा ८१, संखुवासभामा १ र सुनसरीमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश २

प्रदेश २ को धुनषामा ९, पर्सामा ८, बारामा ७, महोत्तरीमा १, रौतहटमा ५, सप्तरीमा ३, सर्लाहीमा ६ र सिरहामा ७ जनामा कोरोना संक्रमण देखिएको छ ।

बागमती प्रदेश

बागमती प्रदेशको काठमाडौंमा १३७३ जना, काभ्रेपलोचोकमा १०, चितवनमा ५२, दोलखामा २, धादिङमा ८, नुवाकोटमा १४, भक्तपुरमा ३९, मकवानपुरमा २२, रसुवामा २, रामेछापमा २, ललितपुरमा १ सय ८७ र सिन्धुपाल्चोकमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशको कास्कीमा ४, तनहुँमा १९, नवलपरासी पूर्वमा ४०, लमजुङमा ७, बाग्लुङमा ३ र स्याङजामा ४ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रदेश ५

प्रदेश ५ को कपिलवस्तुमा ४, गुल्मीमा ४, दाङमा ९, नलवपरासीमा १, पाल्पामा १५, प्युठानमा ५, बर्दियामा १३, बाँकेमा ५० र रुपन्देहीमा ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेश

कर्णाली प्रदेशको कालिकोटमा १, दैलेखमा ८, रुकुम पश्चिममा २, सल्यानमा २, सुर्खेतमा ५४, जनामा कोरोना संक्रमण देखिएको छ ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिमको कञ्चनपुरमा २१, कैलालीमा ५५, डडेल्धुरामा १, बझाङमा १ र बैतडीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

आज कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !