१९ असार २०८१, बुधबार

गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४ हजार नाघ्यो


कोरोना भाइरस

पोखरा, असोज १७ । गण्डकी प्रदेशमा आज बिहान थप १७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४००३ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ७:१५ बजे प्रेस बिज्ञप्ति जारी गर्दै १७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ १७  जनामा कोरोना संक्रमण देखिएको हो । कोरोना संक्रमण पुष्टि हुनेहरुमा कास्कीका १० जना, गोरखाका ५ जना र तनहुँका २ जना रहेका छन् ।

कास्की जिल्ला, पोखरा महानगरपालिका-१७ का २४ र २३ बर्षका २ जना पुरुष स.प्र.मु.का. (गण), पोखरामा कार्यरत नेपाल प्रहरी हुन् । कास्की जिल्ला, पोखरा महानगरपालिका-२४ र १३ का २ जना पुरुषहरु, गोरखा जिल्ला, बारपाक सुलिकोटका दुबै जना र तनहुँ जिल्ला, भिमाद-२ का १ जना गरी ५ जना भारतबाट आएका हुन् भने गोरखा जिल्ला, आरुघाटका १ जना काठमाडौँबाट आएका हुन् । अन्य सबैजना कन्ट्याक ट्रेसिंगबाट पहिचान भएका हुन् । नयाँ कोरोना संक्रमित सबैलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भईरहेको छ ।

गण्डकी प्रदेशमा कोरोना संक्रमितहरुमध्ये हालसम्म २८३१ जना निको भएका छन् भने ३३ जनाको मृत्यु भएको छ । प्रदेशमा सक्रिय संक्रमितको संख्या ११३९ जना पुगेको निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४ हजार नाघ्यो

यो पनि पढ्नुहोस्

गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३९८६ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !