१२ आश्विन २०८१, शनिबार

कर्णाली प्रदेशमा थप ८६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३७२९ पुग्यो


कर्णाली प्रदेश

सुर्खेत, असोज १६ । कर्णाली प्रदेशमा आज दिउसो ८६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ३७२९ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुखले आज साँझ ५ एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

कर्णाली प्रदेश अस्पताल, सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा सुर्खेतका ५३ जना, जुम्लाका ७ जना, कालीकोटका ४ जना, दैलेखका ६ जना, जाजरकोटका २ जना र अन्य प्रदेशका १४ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा कोभिड-१९ संक्रमणवाट निको भई ३ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ३०४५ जना पुगेको छ भने ८ जनाको कोरोना संक्रमणवाट मृत्यु भएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । कर्णाली प्रदेशमा हाल ४९२ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।

कर्णाली प्रदेशमा थप ८६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३७२९ पुग्यो

यो पनि पढ्नुहोस्

कर्णाली प्रदेशमा एकैदिन थपिए १०५ कोरोना संक्रमित, १०३ जना कोरोना संक्रमणमुक्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !