५ आश्विन २०८१, शनिबार

कैलालीका एकैदिन ९१ सहित सुदूरपश्चिममा थप ९७ जनामा कोरोना पुष्टि


धनगढी, असोज १६। कैलाली जिल्लाका ९१ जनासहित सुदूरपश्चिम प्रदेशका थप ९७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज बेलुकी ६ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ९७ जनामा कोरोना पुष्टि भएको जनाएका छन् ।

सेती प्रादेशिक अस्पतालका डा. हेमराज पाण्डेका अनुसार १७ जना महिलाहरु र ८० जना पुरुषहरुमा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ४८२ जनाको कोरोना परीक्षण गर्दा कैलालीका ९१ जना, कंचनपुरका ५ जना र दार्चुलाका १ जनामा कोरोना संक्रमण देखिएको हो ।

अस्पतालका डा. पाण्डेका अनुसार कोरोना संक्रमण पुष्टि हुनेहरुमा कैलालीको धनगढी उपमहानगरपालिका ३६ जना, गोदावरी नगरपालिका ३२ जना, गौरीगंगा नगरपालिकाका १३ जना, जानकी गाउँपालिकाका ५ जना, घोडाघोडी नगरपालिकाका ४ जना र बर्दगोरिया गाउँपालिकाका २ जना रहेका छन् ।

साथै कञ्चनपुरको भीमदत्त नगरपालिकाका २ जना, बेलौरी, पुनरवास र झलारीका १/१ जनामा संक्रमण पुष्टि भएको छन् भने दार्चुलाको ब्यासका थप १ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा एकैदिन ९७ जनामा कोरोना संक्रमण पुष्टी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !