८ मंसिर २०८१, शनिबार

बाँकेका ७ जनासहित थप १३ जनामा कोरोना संक्रमण पुष्टि


भेरी अस्पताल

नेपालगञ्ज, असोज १६ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका ७ जनासहित थप १३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । अस्पतालले आज दिउसो ३:४० बजे एक विज्ञप्ति सार्वजनिक गर्दै गत २४ घण्टामा १३९ वटा नमूना परीक्षण गर्दा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

आज दिउसो कोरोना संक्रमण पुष्टि हुनेहरुमा बाँकेका ७ जना र बर्दियाका ६ जना रहेका छन् । आज दिउसो कोरोना संक्रमित हुनेहरुमा ७ जना पुरुषहरु र ६ जना महिला रहेका छन् ।

भेरी अस्पतालको प्रयोगशालामा हालसम्म पत्ता लागेका कोरोना संक्रमितहरुको संख्या २५०४ जना पुगेको छ । भेरी अस्पताल नेपालगञ्जमा हालसम्म प्राप्त नमूनाहरुको संख्या ४१३३४ रहेको छ भने हालसम्म परीक्षण सम्पन्न भएको नमूनाहरुको संख्या ४१३१९ वटा रहेको छ ।

भेरी अस्पतालमा गरिएको परीक्षणमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !