५ आश्विन २०८१, शनिबार

क्रिकेट एसोसिएसन अफ नेपालका अध्यक्ष र महासचिवमा कोरोना संक्रमण पुष्टि


कोरोना भाइरस

काठमाडौं, असोज १५ । क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) का अध्यक्ष चतुर बहादुर चन्द र महासचिव अशोकनाथ प्याकुरेललाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । आज बिहीबार आएको उनीहरूको परीक्षण रिपोर्टमा कोरोना पोजटिभ आएको क्यानले ट्विट मार्फत् जानकारी दिएको छ ।

कोरोना पोजेटिभ आएपछि उनीहरू दुवै होम आइसोलेसनमा रहेको समेत बताइएको छ । उनीहरु दुवैको हालको स्वास्थ अवस्था समेत सामान्य छ । उनीहरुको सम्पर्कमा पुगेका व्यक्तिहरूलाई क्वारेन्टाइनमा बस्न समेत क्यानले अनुरोध गरेको छ ।

गत साता चितवनमा सम्पन्न बोर्ड बैठकमा सहभागी भएका थिए । काठमाडौं फर्किएपछि उनीहरुको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । सो स्वाबको रिपोर्ट पोजेटिभ बिहीबार आएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !