६ जेष्ठ २०८१, आइतबार

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या २५ हजार नाघ्यो


काठमाडौं उपत्यका

काठमाडौं, असोज १६ । हिजो असोज १५ गते काठमाडौं उपत्यकामा थप ९४३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या २५१०३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हिजो काठमाडौं उपत्यकामा थपिएका ९४३ मध्ये काठमाडौंमा ८१७, ललितपुरमा ६८ र भक्तपुरमा ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जस अनुसार काठमाडौंमा २०३९३, ललितपुरमा २५२५ र भक्तपुरमा २१८५ संक्रमित पुगेका छन् ।

नेपालमा हिजो कोरोना संक्रमण नयाँ १९११ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७९७२८ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा ९६१ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ५७३८९ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५०९ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

काठमाडौँमा ८१७ सहित उपत्यकामा आज ९४३ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !