१९ असार २०८१, बुधबार

गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३९२१ पुग्यो


कोरोना भाइरस

पोखरा, असोज १५। गण्डकी प्रदेशमा आज बिहान थप ११ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३९२१ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान १०:०० बजे प्रेस बिज्ञप्ति जारी गर्दै ११ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ११ जनामा कोरोना संक्रमण देखिएको हो । कोरोना संक्रमण पुष्टि हुनेहरुमा नवलपरासी सुस्ता पूर्वका ५ जना र बाग्लुङका ६ जना रहेका छन् ।

बाग्लुङ जिल्ला, निसिखोलाका तिनैजना भारतबाट र गल्कोट-४ का २७ बर्षीय पुरुष रौतहट जिल्लाबाट आएका हुन् । नवलपरासी (ब.सु.पू) जिल्ला, देबचुली-२ का ४३ बर्षीय पुरुष सोहि वार्ड कार्यालयमा कार्यरत कर्मचारी हुन् । अन्य सबैजना कन्ट्याक ट्रेसिंगबाट पहिचान भएका हुन् । नयाँ कोरोना संक्रमित सबैलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भईरहेको छ ।

गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३९२१ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !