७ मंसिर २०८१, शुक्रबार

कैलालीका एकैदिन १५६ सहित सुदूरपश्चिममा थप १८४ जनामा कोरोना पुष्टि


धनगढी, असोज १४ । कैलाली जिल्लाका १५६ जनासहित सुदूरपश्चिम प्रदेशका थप १८४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज बेलुकी ५ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप १८४ जनामा कोरोना पुष्टि भएको जनाएका छन् ।

सेती प्रादेशिक अस्पतालका डा. हेमराज पाण्डेका अनुसार ३८ जना महिलाहरु र १४६ जना पुरुषहरुमा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ३५० जनाको कोरोना परीक्षण गर्दा कैलालीका १५६ जना, कंचनपुरका २१ जना, बझाङका ३ जना जना, अछाम, डडेल्धुरा, बर्दिया र बैतडीका १/१ जनामा कोरोना संक्रमण देखिएको हो ।

अस्पतालका डा. पाण्डेका अनुसार कोरोना संक्रमण पुष्टि हुनेहरुमा कैलालीको धनगढीका ९० जना रहेका छन् । धनगढीको वडा नम्वर १ का २६ जना, वडा नम्वर २ का २२ जना, वडा नम्वर ३ का नौँ जना, वडा नम्वर ४ का १० जनामा संक्रमण पुष्टि भएको छ ।

वडा नम्वर ५ का ४ जना, वडा नम्वर ६ का २ जना, वडा नम्वर ७ का ४ जना, वडा नम्वर ८ का ७ जना, वडा नम्वर ११, १२, १३ र १८ का १/१ जना र वडा नम्वर १९ का २ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै कैलालीको गोदावरीका १८ जना, भजनीका १६ जना, गौरीगंगाका १४ जना, घोडाघोडीका ९ जना, टीकापुरका ३ जना, लम्कीका २ जना र स्थानीय तह नखुलेका ४ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै कञ्चनपुरका २१ जनामा संक्रमण पुष्टि भएको छ । भीमदत्त नगरपालिकाका ११ जना, बेदकोटका ४ जना, पुनर्बासका ३ जना, कृष्णपुरका २ जना र शुक्लाफाँटाका १ जनामा संक्रमण पुष्टि भएको छ ।

साथै बझाङको जयपृथ्वी, खप्तड छान्ना र बिथ्तडचिरका १/१ जना, अछामको मेल्लेख, डडेल्धुराको परशुराम, बैतडीको पञ्चेश्वर, बर्दिया मधुवनका १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा १८४ जनामा कोरोना संक्रमण पुष्टी

यो पनि पढ्नुहोस्

कैलालीका २० सहित सुदूरपश्चिममा थप २८ जनामा कोरोना पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !