![डडेल्धुरा अस्पताल](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/Dadeldhura-Hospital11-5.jpeg?fit=983%2C469&ssl=1)
डडेल्धुरा, कार्तिक ४ । सुदूरपश्चिम प्रदेशमा थप ७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ७ कोरोना संक्रमण पुष्टि भएको हो ।
कार्तिक ४ गते ७३ जनामा गरिएको कोरोना परीक्षणमा थप ७ जनामा कोरोना पोजेटिभ देखिएको छ भने ६६ जनाको रिपोर्ट नेगेटिभ आएको डडेल्धुरा अस्पतालका कोभिड-१९ परीक्षण प्रयोगशालाका ईन्चार्ज ईश्वरी प्रसाद भूषालले जानाकरी दिएका हुन् ।
डडेल्धुरा अस्पतालमा आज संक्रमितहरुमध्ये डडेल्धुरा अमरगडी नगरपालिकाका ५ जना, गन्यापधुरा गाउँपालिकाका १ जना र बैतडीको डिलाशैनी गाउँपालिकाका १ जनामा कोरोना संक्रमणका पुष्टि भएको छ ।