५ आश्विन २०८१, शनिबार

चितवनका ४२ जनासहित थप ५६ जनामा कोरोना संक्रमण पुष्टि


चितवन मेडिकल कलेज

चितवन, असोज १३ । चितवन जिल्लामा थप ५६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजको ल्यावमा गरिएको परीक्षणमा चितवनका ४२ जनासहित थप ५६ जनामा संक्रमण पुष्टि भएको हो ।

चितवन मेडिकल कलेजको ल्यावमा असोज १३ गते १८२ वटा नमुनाहरुको पिसिआर परीक्षणको क्रममा ५६ वटा नमुनाको नतिजा पोजेटिभ र १२६ वटा नमुनाको नतिजा नेगेटिभ रहेको चितवन मेडिकल कलेजले जानकारी दिएको छ ।

कोरोना संक्रमण देखिएकाहरुमध्ये चितवनका ४२ जना, नवलपुरका ९ जना, नवलपरासी बर्दघाटका १ जना, तनहुँ, पर्सा, मोरङ र सर्लाहीका १/१ जना रहेका छन् ।

चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा थप ५६ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !