५ आश्विन २०८१, शनिबार

बाँकेका ११ जनासहित थप २१ जनामा कोरोना संक्रमण पुष्टि


भेरी अस्पताल

नेपालगञ्ज, असोज १३ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका ११ जनासहित थप २१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । अस्पतालले आज दिउसो २:५० एक विज्ञप्ति सार्वजनिक गर्दै गत २४ घण्टामा १६७ वटा नमूना परीक्षण गर्दा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

आज दिउसो कोरोना संक्रमण पुष्टि हुनेहरुमा बाँकेका ११ जना, बर्दियाका ९ जना र रोल्पाका १ जना रहेका छन् । आज दिउसो कोरोना संक्रमित हुनेहरुमा ११ जना पुरुषहरु र १० जना महिला रहेका छन् ।

भेरी अस्पतालको प्रयोगशालामा हालसम्म पत्ता लागेका कोरोना संक्रमितहरुको संख्या २४३७ जना पुगेको छ । भेरी अस्पताल नेपालगञ्जमा हालसम्म प्राप्त नमूनाहरुको संख्या ४०९०६ रहेको छ भने हालसम्म परीक्षण सम्पन्न भएको नमूनाहरुको संख्या ४०९०६ वटा रहेको छ ।

भेरी अस्पतालमा गरिएको परीक्षणमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि

यो पनि पढ्नुहोस्

बाँकेका ८ जनासहित थप १० जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !