धनगढी, असोज १२। कैलाली जिल्लाका २६ जनासहित सुदूरपश्चिम प्रदेशका थप ३४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज अपरान्ह २ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ३४ जनामा कोरोना पुष्टि भएको जनाएका छन् ।
सेती प्रादेशिक अस्पतालका डा. हेमराज पाण्डेका अनुसार १२ जना महिलाहरु र २२ जना पुरुषहरुमा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा २३३ जनाको कोरोना परीक्षण गर्दा कैलालीका २६ जना र कंचनपुरका ८ जनामा कोरोना संक्रमण देखिएको हो ।
डा. पाण्डेका अनुसार अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाका १८ जनामा कोरोना पुष्टि भएको छ । यस्तै कैलालीको घोडाघोडी नगरपालिकाका २ जना, जोशीपुरका ६ जनामा कोरोना पुष्टि भएको छ । साथै कञ्चनपुरको भीमदत्त नगरपालिकाका ६ जना र शुक्लाफाँट नगरपालिकाका १ जनामा कोरोना संक्रमण देखिएको छ ।