७ मंसिर २०८१, शुक्रबार

२५ हजार भन्दा बढी सक्रिय संक्रमित पुगे फेरि लकडाउन हुन सक्ने


काठमाडौं उपत्यका

काठमाडौं, असोज ७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सक्रिय कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले आज बुधवार मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ हजार संक्रमित पुगे फेरि लकडाउन गर्न सकिने गरी प्रस्ताव गर्ने भएको छ । उनले सक्रिय संक्रमित संख्या २५ हजार बढी पुगे स्वास्थ्य पूर्वाधारले धान्न गाह्रो हुने भएकोले त्यो निर्णय गर्न मन्त्रालय बाध्य हुने बताएका हुन् ।

आज बुधबारसम्म सक्रिय संक्रमितकाे संख्या १७४१४ छ । यस्तै मन्त्रालयले संक्रमणको जोखिम उच्च रहेको भन्दै जनस्वास्थ्यका मापदण्ड पालना हुन नसक्ने व्यवसायहरू कम्तिमा १ महिना नखोल्न समेत सिफारिस गर्ने भएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या ६७ हजार नाघ्यो, आज थपिए नयाँ ११७२ संक्रमित

नेपालमा कोरोना जित्नेको संख्या ४९ हजार नाघ्यो, थप १८९३ जना कोरोना संक्रमणमुक्त

काठमाडौँमा ४९२ जनासहित उपत्यकामा आज ६३७ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ४३६ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !