२१ असार २०८१, शुक्रबार

गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या संख्या ३४९३ पुग्यो


कोरोना भाइरस

पोखरा, असोज ६ । गण्डकी प्रदेशमा आज बिहान र दिउसो गरी थप १४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३४९३ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ९:४० बजे र दिउसो १२:०० बजे छुट्टाछुट्टै प्रेस बिज्ञप्ति जारी गर्दै ३ जना र ११ जना गरी १४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

आज बिहान ९:४० बजे अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ३ जना कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमण पुष्टि हुनेमा पर्बत जिल्ला, कुश्मा नगरपालिका-७ का ३३, २० र १९ बर्षका ३ जना पुरुषहरु रहेका छन् । सबै संक्रमित कन्ट्याक ट्रेसिंगबाट पहिचान भएका हुन् । सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भई रहेको छ ।

आज दिउसो १२:०० बजे अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ११ जना कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमण पुष्टि हुनेमा लमजुङका ६ जना, तनहुँका ४ जना र बाग्लुङका १ जना रहेका छन् ।

बाग्लुङ जिल्ला, बरेङका १९ बर्षीय पुरुष, लमजुङ जिल्ला बेसीसहर-९ का २८ बर्षीय पुरुष, ४ का ३० बर्षीय पुरुष र तनहुँका चारैजना गरि ७ जना पुरुषहरु भारतबाट आई क्वारेन्टाइनमा बसेका हुन् । लमजुङ जिल्ला, बेसीसहर-८ का २६ बर्षीय महिला र २२ बर्षीय पुरुष सनराईज बैंकमा कार्यरत रहेका छन् । अन्य सबै संक्रमित कन्ट्याक ट्रेसिंगबाट पहिचान भएका हुन् । सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भई रहेको छ ।

 गण्डकी प्रदेश कोरोना संक्रमित  गण्डकी प्रदेश कोरोना संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !