७ मंसिर २०८१, शुक्रबार

नेपालमा संक्रमितको संख्या ६५ हजार नाघ्यो, आज थपिए नयाँ ११५४ संक्रमित


प्रा. डा. जागेश्वर गौतम

काठमाडौँ, असोज ५ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ११५४ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६५२७६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा ९५३३ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म ९ लाख २३ हजार ८२३ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या १७६११ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा ८९२१ जनाको उपचार भइरहेको छ भने होम आइसोलेसनमा ८६९० जना रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ७४०३ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा आज ६७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका ५३८ जना, ललितपुर जिल्लाका ६२ जना र भक्तपुर जिल्लाका ७४ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १००५ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ४७२३८ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२७ पुगेको पुष्टि भएको छ ।

नेपालमा आज कोरोना संक्रमणको अवस्था

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या ६४ हजार नाघ्यो, आज थपिए नयाँ १३२५ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !