५ आश्विन २०८१, शनिबार

बाँकेका ३६ जनासहित थप ४४ जनामा कोरोना संक्रमण पुष्टि


नेपालगञ्ज, असोज ५ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका ३६ जनासहित थप ४४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । अस्पतालले आज दिउसो एक विज्ञप्ति सार्वजनिक गर्दै गत २४ घण्टामा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

आज दिउसो कोरोना संक्रमण पुष्टि हुनेहरुमा बाँकेका ३६ जना, बर्दियाका २ जना, दैलेखका १ जना, दाङका १ जना, कैलालीका १ जना, जाजरकोटका १ जना, डोल्पाका १ जना र अन्य १ जना रहेका छन् । आज दिउसो कोरोना संक्रमित हुनेहरुमा २७ जना पुरुषहरु र १७ जना महिला रहेका छन् ।

भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु