३० कार्तिक २०८१, शुक्रबार

चितवनमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि


भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशाला

चितवन, भदौ २९ । चितवन जिल्लामा थप २८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले एक बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएकी छिन् ।

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा भदौ २८ गते १७३ वटा नमुनाहरुको पिसिआर परीक्षणको क्रममा २८ वटा नमुनाको नतिजा पोजेटिभ र १४५ वटा नमुनाको नतिजा नेगेटिभ रहेको भरतपुर अस्पतालले जानकारी दिएको छ ।

कोरोना संक्रमण पुष्टि हुनेहरुमा २ वर्षका बालकदेखि ५५ वर्षीया महिलासम्म छन् । संक्रमण पुष्टि हुनेहरूमा भरतपुर महानगरपालिकाका ११ जना, कालिका नगरपालिकाका १० जना, इच्छाकामना गाउँपालिकाका ६ जना र रत्ननगर नगरपालिकाका १ जना रहेका छन् ।

भरतपुरमा संक्रमण देखिएकाहरूको स्वाब भरतपुर अस्पताल स्वाब संकलन केन्द्रबाट तथा अन्य पालिकाको सम्बन्धित पालिकाबाटै संकलन गरिएको थियो ।

चितवनमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !