१२ असार २०८१, बुधबार

नेपालमा कोरोना जित्नेको संख्या ३८ हजार नाघ्यो, थप ११७६ जना कोरोनामुक्त


कोरोनामुक्त

काठमाडौँ, भदौ २८ । नेपालमा पछिल्लो २४ घण्टामा ११७६ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ३८६९७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सो कुराको जानकारी दिएका हुन् ।

काठमाडौं उपत्यकामा आज ५९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका ४८३ जना, ललितपुर जिल्लाका ३३ जना र भक्तपुर जिल्लाका ८१ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा आज कोरोना भाइरस संक्रमण नयाँ १०३९ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४१५९ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४५ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना जित्नेको संख्या ३७ हजार नाघ्यो, थप ८५२ जना घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !