६ आश्विन २०८१, आइतबार

चितवनका ११ जनासहित थप १६ जनामा कोरोना संक्रमण पुष्टि


चितवन, भदौ २८ । चितवन जिल्लामा थप १६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजको ल्यावमा गरिएको परीक्षणमा चितवनका ११ जनासहित थप १६ जनामा संक्रमण पुष्टि भएको हो ।

चितवन मेडिकल कलेजको ल्यावमा भदौ २७ गते ९४ वटा नमुनाहरुको पिसिआर परीक्षणको क्रममा १६ वटा नमुनाको नतिजा पोजेटिभ र ७८ वटा नमुनाको नतिजा नेगेटिभ रहेको चितवन मेडिकल कलेजले जानकारी दिएको छ ।

कोरोना संक्रमण पुष्टि हुनेहरुमा चितवनका ११ र ५ जना अन्य जिल्लाका रहेका छन् । कोरोना संक्रमितमध्ये भरतपुर महानगरपालिकाका ११ जना रहेका छन् ।साथै पूर्व नवलपरासी गैंडाकोट नगरपालिकाका १ जना, देवचुलीका ३ जना र तनहुँको ब्यास नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि

यो पनि पढ्नुहोस्

चितवनका ११ जनासहित थप २४ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !