३० कार्तिक २०८१, शुक्रबार

गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २९०३ पुग्यो


कोरोना भाइरस

पोखरा, भदौ २७। गण्डकी प्रदेशमा आज दिउसो थप ३८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २९०३ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज दिउसो १२:०५ बजे एक  प्रेस बिज्ञप्ति जारी गर्दै ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

आज बिहान अध्यावधिक विवरण अनुसारक्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ३८ जनामा कोरोना पुष्टि भएको हो ।

कोरोना संक्रमण पुष्टि हुनेहरुमा नवलपरासी पूर्वका ८ जना, स्याङजाका ५ जना र कास्कीको पोखरा महानगरपालिकाका २४ जनामा कोरोना संक्रमण देखिएको हो । सबै कोरोना संक्रमित व्यक्तिहरु कन्ट्याक ट्रेसिंगबाट पहिचान भएका हुन् । उनीहरु सवैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भई रहेको छ ।

गण्डकी प्रदेशमा आज बिहान बिहान ११:०० बजे अध्यावधिक विवरण अनुसार थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २८६५ जना पुगेको थियो ।

गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २९०३ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !