६ आश्विन २०८१, आइतबार

कर्णाली प्रदेशमा थप ३० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २७५५ पुग्यो


कर्णाली प्रदेश

सुर्खेत, भदौ २६ । कर्णाली प्रदेशमा आज दिउसो ३० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २७५५ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुखले आज दिउसो एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

प्रदेश अस्पताल, सुर्खेत र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा सुर्खेतका ९ जना, कालिकोटका २ जना, दैलेखका ३ जना, जुम्लाका २ जना, सल्यानका २ जना, जाजरकोटका १ जना, हुम्लाका १ जना, रुकुम पश्चिमका १ जना, बर्दियाका ४ जना, कथ्मंदुका १ जना, ताप्लेजुङका १ जना, ललितपुरका १ जना र गुल्मीका १ जना रहेका छन् । यस्तै कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा जुम्लाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा कोभिड-१९ संक्रमणवाट निको भई १५ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २३७९ पुगेको छ भने ६ जनाको कोरोना संक्रमणवाट मृत्यु भएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । कर्णाली प्रदेशमा हाल ३७० जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।

कर्णाली प्रदेशमा थप ३० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २७५५ पुग्यो

यो पनि पढ्नुहोस्

कर्णाली प्रदेशमा थप २८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २७१९ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !