२१ असार २०८१, शुक्रबार

गण्डकी प्रदेशमा थप ६५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २७९५ पुग्यो


कोरोना भाइरस

पोखरा, भदौ २६ । गण्डकी प्रदेशमा आज बिहान थप ६५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २७९५ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ९:५० बजे, १०:४५ बजे र ११:०० बजे ३ पटक फरक-फरक प्रेस बिज्ञप्ति जारी गर्दै क्रमश: १७ जना, १७ जना र ३१ जना गरी जम्मा ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

आज बिहान ९:५० बजे अध्यावधिक विवरण अनुसार पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा, भरतपुर अस्पताल, चितवन र क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ १७ जनामा कोरोना पुष्टि भएको हो । कोरोना संक्रमण पुष्टि हुनेहरुमा कास्कीका २ जना, तनहुँका १ जना, स्याङ्जाका २ जना र नवलपरासी पूर्वका १२ जना गरी जम्मा १७ जनामा कोरोना संक्रमण देखिएको हो ।

कास्की जिल्ला, पोखरा महानगरपालिकाका २ जना, तनहुँका १ जना र स्याङ्जा जिल्ला पुतलीबजार-१ का ४० बर्षीय १ जना गरि ४ जना पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको फिभर क्लिनिकमा परिक्षणको लागि आएका हुन् भने अन्य सबै व्यक्तिहरु कन्ट्याक ट्रेसिंगबाट पहिचान भएका हुन् । उनीहरु सवैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भई रहेको छ ।

आज बिहान १०:४५ बजे अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ १७ जनामा कोरोना पुष्टि भएको हो । कोरोना संक्रमण पुष्टि हुनेहरुमा कास्कीका १० जना, लम्जुङका ५ जना र पर्वतका २ जना गरी जम्मा १७ जनामा कोरोना संक्रमण देखिएको हो ।

कास्की जिल्ला, पोखरा महानगरपालिका, MCH का ३२ बर्षीय पुरुष मेट्रोसिटी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी हुन् भने ३५ बर्षीय महिला उपचारको लागि सोहि अस्पतालमा आएकी हुन् । लमजुङ जिल्ला, बेशीसहरका २३ बर्षीय महिला लमजुङ जिल्ला सामुदायिक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी हुन् भने अन्य सबै व्यक्तिहरु कन्ट्याक ट्रेसिंगबाट पहिचान भएका हुन् । उनीहरु सवैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भई रहेको छ ।

आज बिहान ११ बजे अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ३१ जनामा कोरोना पुष्टि भएको हो । कोरोना संक्रमण पुष्टि हुनेहरुमा नवलपरासी पूर्वका २१ जना र तनहुँका १० जनामा कोरोना संक्रमण देखिएको हो ।

तनहुँ जिल्ला, भानुका ५ जना सशत्र प्रहरीमा कार्यरत रहेका छन् भने अन्य सबै व्यक्तिहरु कन्ट्याक ट्रेसिंगबाट पहिचान भएका हुन् । उनीहरु सवैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भई रहेको छ ।

यो पनि पढ्नुहोस्

गण्डकी प्रदेशमा थप ४९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २७२८ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !