६ आश्विन २०८१, आइतबार

सुदूरपश्चिम प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि


सेती प्रादेशिक अस्पताल

धनगढी, भदौ २६। सुदूरपश्चिम प्रदेशका थप २० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज अपरान्ह ३ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप २० जनामा कोरोना पुष्टि भएको जनाएका छन् ।

सेती प्रादेशिक अस्पतालका डा. हेमराज पाण्डेका अनुसार ९ जना महिलाहरु र ११ जना पुरुषहरुमा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ३६८ जनाको कोरोना परीक्षण गर्दा कैलालीका ८ जना र कंचनपुरका १२ जनामा कोरोना संक्रमण देखिएको हो ।

डा. पाण्डेका अनुसार कैलालीको धनगढी उपमहानगरपलिकाका ४ जना, बर्दगोरीया गाउँपालिका-३ का २ जना, टीकापुर नगरपालिका-८ का १ जना र लम्कीचुहा नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ का १० जना र १० का २ जनामा संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा अहिले १८ जना कोरोना संक्रमितको उपचार भई रहेको छ ।

सुदूरपश्चिम प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !