१८ असार २०८१, मंगलबार

आज कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


प्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरण

काठमाडौँ, भदौ २६। नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १४५४ जनामा पुष्टि भएको छ । नयाँ थपिएका कोरोना संक्रमितहरुमध्ये ४६३ जना महिलाहरु र ९९१ जना पुरुषहरु रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१९१९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा १०७०१ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म ८ लाख २१ हजार १८६ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या १४९२५ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा ८२९१ जनाको उपचार भइरहेको छ भने होम आइसोलेसनमा ६६३४ जना रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ६०७८ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा आज ६९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका ६२० जना, ललितपुर जिल्लाका ३८ जना र भक्तपुर जिल्लाका ३८ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ९७२ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ३६६७२ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२२ पुगेको पुष्टि भएको छ ।

प्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरण

प्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरण प्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरण

प्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरण

यो पनि पढ्नुहोस्

आज कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !