६ आश्विन २०८१, आइतबार

कैलालीका ६७ सहित सुदूरपश्चिममा थप ६९ जनामा कोरोना पुष्टि


सेती प्रादेशिक अस्पताल

धनगढी, भदौ २५। कैलाली जिल्लाका ६७ जनासहित सुदूरपश्चिम प्रदेशका थप ६९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज अपरान्ह ३ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ६९ जनामा कोरोना पुष्टि भएको जनाएका छन् ।

सेती प्रादेशिक अस्पतालका डा. हेमराज पाण्डेका अनुसार १२ जना महिलाहरु र ५७ जना पुरुषहरुमा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ३१९ जनाको कोरोना परीक्षण गर्दा कैलालीका ६७ जना र कंचनपुरका २ जनामा कोरोना संक्रमण देखिएको हो ।

डा. पाण्डेका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाका मात्रै ५० जनामा संक्रमण पुष्टि भएकाहरुमा ९ जना महिला र ४१ जना पुरुष रहेका छन् । यस्तै गोदावरी नगरपालिकाका १३ जना, कैलारी गाउँपालिकाका १ जना, चुरे गाउँपालिकाका २ जना, घोडाघोडी नगरपालिकाका १ जना र कञ्चनपुरको पुर्नवासका २ जनामा कोरोना संक्रमण देखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !