६ आश्विन २०८१, आइतबार

नेपालमा कोरोना जित्नेको संख्या ३३ हजार नाघ्यो, थप ९१८ जना घर फर्किए


कोरोना डिस्चार्ज

काठमाडौँ, भदौ २४ । नेपालमा पछिल्लो २४ घण्टामा ९१८ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ३३८८२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सो कुराको जानकारी दिएका हुन् ।

काठमाडौं उपत्यकामा आज ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका ३९४ जना, ललितपुर जिल्लाका ३४ जना र भक्तपुर जिल्लाका ३६ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा आज कोरोना संक्रमण नयाँ १०८१ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४९२१९ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१२ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना जित्नेको संख्या ३२ हजार नाघ्यो, थप २२८७ जना घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !