१५ असार २०८१, शनिबार

रौतहट, बारा र पर्साका थप ३७ जनामा कोरोना संक्रमण पुष्टि


नारायणी अस्पताल dav

वीरगन्ज, भदौ २४ । पर्सा जिल्लाको वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा मंगलबार गरिएको २९० जनाको स्वाब परीक्षणमा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये २२ जना रौतहट, ९ जना बारा र ६ जना पर्साका हुन् ।

अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाका अनुसार ९ महिलासहित ४ वर्षदेखि ६७ वर्षका ३७ जनामा कोरोना पुष्टि भएको हो । वीरगन्ज महानगरपालिका-११ मा २ जना र वडा २८ र ३२ मा १/१ जनामा संक्रमित थपिएका छन् । पर्साको पटेर्वासुगौली गाउँपालिका-८ मा १ जनामा कोरोना पोजिटिभ देखिएको छ । रौतहटका २२ जना संक्रमित दुर्गा भगवती गाउँपालिकाको वडा नम्बर ५ का बासिन्दा हुन् ।

यस्तै बाराको कोल्भीमा थप ३ जनामा संक्रमण पुष्टि भएको छ । कलैया उपमहानगरपालिका-९ र वडा १९ मा १/१ जना संक्रमित थपिएका छन् । रामपुर टोकनी, बारागढी गाउँपालिका र जितपुर सिमरा उपमहानगरपालिकामा समेत १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !