२१ असार २०८१, शुक्रबार

गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २६७२ पुग्यो


कोरोना भाइरस

पोखरा, भदौ २४। गण्डकी प्रदेशमा आज बिहान थप ११ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २६७२ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ७:०० बजे प्रेस बिज्ञप्ति जारी गर्दै ११ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

आज बिहान अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा र चितवन मेडिकल कलेज, चितवनमा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिकाका ९ जना, बाग्लुङको तामानखोलाका १ जना र नवलपरासी सुस्ता पूर्व गैडाकोटका १ जनामा कोरोना संक्रमण देखिएको हो ।

कास्की जिल्ला, पोखरा महानगरपालिका-१३ का ३८ बर्षीय महिला साउदी अरबबाट, पोखरा १७ का र वार्ड नखुलेका २२ र २४ बर्षका २ जना पुरुष भारतबाट आई क्वारेन्टाइनमा रहेका हुन् । अन्य सबै संक्रमित व्यक्तिहरु कन्ट्याक ट्रेसिंगबाट पहिचान भएका हुन् । सबै कोरोना व्यक्तिहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भई रहेको छ ।

दु:खद खवर

पूर्वी नवलपरासीमा कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ । देवचुली नगरपालिका-१ का ६४ वर्षका १ जना पुरुषको आज साँझ ५:३० बजे निधन भएको भरतपुर अस्पतालले जानकारी दिएको छ । उनको केहि समयदेखि किडनी फेल भई डाइलासिस भई रहेको थियो। भदौ १७ गते कोरोना संक्रमण पुष्टि भएका उनी भदौ १९ गते कोरोना संक्रमण सहित खोकी र श्वासप्रश्वाशमा समस्या भई भरतपुर अस्पतालको कोभिड आइसीयुमा भर्ना भएका थिए ।

उनको स्वास्थ्य अवस्था थप जटिल हुदैँ गएपछि यस अस्पतालको कोभिड आइसीयुमामा राखी भेन्टिलेटर सहित उपचारका सबै उपायहरु गर्दा गर्दै आज २३ गते साँझ ५:३० बजे कोभिड-१९ निमोनियाको संक्रमणको कारणले निधन भएको हो । स्वाथ्यकर्मीको अथक प्रयासमा उपचार गर्दागर्दै मृत्यु हुन पुगेको अस्पतालले बताएको छ ।

गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २६७२ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !