६ असार २०८१, बिहिबार

कैलालीका ७१ सहित सुदूरपश्चिममा थप ७४ जनामा कोरोना पुष्टि


सेती प्रादेशिक अस्पताल

धनगढी, भदौ १८ । कैलाली जिल्लाका ७१ जनासहित सुदूरपश्चिम प्रदेशका थप ७४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज अपरान्ह ३ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ७४ जनामा कोरोना पुष्टि भएको जनाएका छन् ।

सेती प्रादेशिक अस्पतालका डा. हेमराज पाण्डेका अनुसार ६ जना महिलाहरु र ६८ जना पुरुषहरुमा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ४८५ जनाको कोरोना परीक्षण गर्दा कैलालीका ७१ जना र कंचनपुरका ३ जनामा कोरोना संक्रमण देखिएको हो ।

कैलालीका ६३सहित सुदूरपश्चिममा थप ७४ जनामा कोरोना पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !