१ मंसिर २०८१, शनिबार

बाँकेका २४ जनासहित थप ३३ जनामा कोरोना संक्रमण पुष्टि


भेरी अस्पताल

नेपालगञ्ज, भदौ १६ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका २४ जनासहित थप ३३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । अस्पतालले आज दिउसो २:१५ बजे एक विज्ञप्ति सार्वजनिक गर्दै गत २४ घण्टामा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

आज दिउसो कोरोना संक्रमण पुष्टि हुनेहरुमा बाँकेका २४ जना, बर्दियाका ४ जना र दाङका ५ जनामा रहेका थिए । आज दिउसो कोरोना संक्रमित हुनेहरुमा १८ जना पुरुषहरु र १५ जना महिला रहेका छन् ।

भेरी अस्पतालको प्रयोगशालामा हालसम्म पत्ता लागेका कोरोना संक्रमितहरुको संख्या १५८१ जना पुगेको छ । भेरी अस्पताल नेपालगञ्जमा हालसम्म प्राप्त नमूनाहरुको संख्या ३५२६६ रहेको छ भने हालसम्म परीक्षण सम्पन्न भएको नमूनाहरुको संख्या ३५२०० वटा रहेको छ ।

बाँकेका २४ जनासहित थप ३३ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !