६ आश्विन २०८१, आइतबार

१४ दिने नाबालकसहित लमजुङमा २६ जनामा कोरोना संक्रमण पुष्टि


कोरोना भाइरस

लमजुङ, भदौ १६। गण्डकी प्रदेशको लमजुङ जिल्लामा आज बिहान १४ दिने नाबालकसहित २६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ११:२५ बजे प्रेस बिज्ञप्ति जारी गर्दै लमजुङमा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

आज बिहान अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा लमजुङमा थप भएका नयाँ २६ जनामा कोरोना संक्रमण देखिएको हो । कोरोना संक्रमित हुनेमा लमजुङको बेसीशहरका २६ जना रहेका छन् ।

लमजुङ जिल्ला, लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचाररत १४ दिनका नाबालकसहित ५ जना, अस्पतालमै कार्यरत १ जना, ग्लोबल आईएमइ बैंकमा कार्यरत ५ जना, नेपाल प्रहरीमा कार्यरत ४ जना र बेसीसहर-७ का २८ बर्षीय १ जना महिला पत्रकार हुन् । अन्य सबै कोरोना संक्रमित व्यक्तिहरु कन्ट्याक ट्रेसिंगबाट पहिचान भएका हुन् । सबै संक्रमितहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भई रहेको छ ।

गण्डकी प्रदेशमा थप ३९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २२०५ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !