६ आश्विन २०८१, आइतबार

गण्डकी प्रदेशमा थप ३९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २२०५ पुग्यो


कोरोना भाइरस

पोखरा, भदौ १६। गण्डकी प्रदेशमा आज बिहान थप ३९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २२०५ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ११:२५ बजे प्रेस बिज्ञप्ति जारी गर्दै ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

आज बिहान अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ३९ जनामा कोरोना संक्रमण देखिएको हो ।

कोरोना संक्रमित हुनेमा लमजुङको बेसीशहरका २६ जना, नवलपरासी सुस्ता पूर्व विनय त्रिवेणी र देवचुलीका १० जना, बाग्लुङको बाग्लुङ बजारका १ जना र कास्कीको पोखरा महानगरपालिका-६ र १३ का २ जना रहेका छन् ।

कास्की जिल्ला, पोखरा महानगरपालिकाका-६ का १ जना कोरोना संक्रमित चरक मेमोरियल अस्पतालमा उपचाररत पर्यटन ब्यबसायी हुन् भने अर्की महिला होम आईसोलेसनमा रहेकी छन् । लमजुङ जिल्ला, लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचाररत १४ दिनका नाबालकसहित ५ जना, अस्पतालमै कार्यरत १ जना, ग्लोबल आईएमइ बैंकमा कार्यरत ५ जना, नेपाल प्रहरीमा कार्यरत ४ जना र बेसीसहर-७ का २८ बर्षीय १ जना महिला पत्रकार हुन् । अन्य सबै कोरोना संक्रमित व्यक्तिहरु कन्ट्याक ट्रेसिंगबाट पहिचान भएका हुन् । सबै संक्रमितहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भई रहेको छ ।

गण्डकी प्रदेशमा थप ३९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २२०५ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !