काठमाडौं, भदौ १५ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना भारइस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । उनी र उनकी श्रीमतीको ग्रान्डी अस्पतालमा गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ देखिएको हो भने उनकी श्रीमतीको रिपोर्ट भने नगेटिभ देखिएको छ ।
कोरोना संक्रमण पुष्टि भई सकेपछि उनी अहिले होम आइसोलेसनमा बसिरेहका छन् । तर उनमा कोरोनाको त्यस्तो कुनै लक्षण देखिएको छैन । उनको स्वास्थ्य अवस्था सामान्य छ । उनले श्रीमतीलाई ज्वरो देखिएपछि जाँचका लागि आइतबार बिहान ग्रान्डी अस्पताल पुगेका थिए । मेयर शाक्यले आफूलाई केही दिनअघि भने थोरै जिउ दुखेर असहज भएको बताएका छन् ।