६ आश्विन २०८१, आइतबार

गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१५७ पुग्यो


कोरोना C

पोखरा, भदौ १५। गण्डकी प्रदेशमा आज दिउसो थप १३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २१५७ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज दिउसो २:३० बजे प्रेस बिज्ञप्ति जारी गर्दै १३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

आज दिउसो अध्यावधिक विवरण अनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरा, भरतपुर अस्पताल र चितवन मेडिकल कलेज भरतपुरमा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ १३ जनामा कोरोना संक्रमण देखिएको हो ।

कोरोना संक्रमित हुनेमा लमजुङको बेसीशहरका ८ जना, गोरखाको गोरखा नगरपालिका-१२ र १३ का २ जना र नवलपरासी सुस्ता पूर्वका ३ जना रहेका छन् । योसंगै गण्डकी प्रदेशमा सक्रिय संक्रमितको संख्या ४५१ पुगेको छ ।

लमजुङको बेसीशहरमा कार्यरत ३ जना सुरक्षाकर्मी रहेका छन् । बेसीशहर-७ की कोरोना संक्रमित ३२ वर्षीया महिला GIBL बैंकमा कार्यरत कर्मचारी हुन् भने बेसीशहर-७ की २० वर्षीया महिला अस्पतालमा कार्यरत कर्मचारी हुन् । बाँकी सवै संक्रमित कन्ट्याक ट्रेसिंगबाट पहिचान भएका हुन् ।

 

गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१५७ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !