पोखरा, भदौ १४। गण्डकी प्रदेशमा आज साँझ थप १४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २१३७ जना पुगेको छ ।
स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज साँझ ७:३५ बजे प्रेस बिज्ञप्ति जारी गर्दै २९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।
आज साँझ अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ मा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ १४ जनामा कोरोना संक्रमण देखिएको हो ।
कोरोना संक्रमित हुनेमा बाग्लुङको बरेङ र कठेखोलामा २ जना तथा गोरखा जिल्लाको गोरखा नगरपालिका-८, १० र १३ का १२ जना रहेका छन् । सबै संक्रमित कन्ट्याक ट्रेसिंगबाट पहिचान भएका हुन् । सबै कोरोना संक्रमितहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भई रहेको छ ।
यो पनि पढ्नुहोस्
गण्डकी प्रदेशमा थप २९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१२३ पुग्यो