सुर्खेत, भदौ १४ । कर्णाली प्रदेशमा आज दिउसो २६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २४०२ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुखले आज दिउसो एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।
प्रदेश अस्पताल, सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र चौरजहारी नगरपालिका पिसिआर प्रयोगशाला, रुकुम पश्चिममा गरिएको परीक्षणबाट थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा सुर्खेतका ८ जना, सल्यानका २ जना, रुकुम पश्चिमका ४ जना, हुम्लाका १ जना, अछामका ४ जना, बर्दियाका १ जना, काठमाडौँका १ जना, रौतहटका १ जना र सल्यानका ४ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा कोभिड-१९ संक्रमणवाट निको भई १३ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २०७१ पुगेको छ भने ६ जनाको कोरोना संक्रमणवाट मृत्यु भएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । कर्णाली प्रदेशमा हाल ३२५ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।
यो पनि पढ्नुहोस्
कर्णाली प्रदेशमा थप १३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २३७६ पुग्यो