५ जेष्ठ २०८१, शनिबार

चितवनमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि


भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशाला

चितवन, भदौ १३ । चितवनको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा १२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले एक बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएकी छिन् ।

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा प्राप्त ७५५ ओटा नमुना परिक्षणको लागि काठमाडौँ पठाईएकोमा ४२६ ओटा नमुनाको नतिजा यसअघि नै राखि सकिएको छ । पुनः प्राप्त नतिजा अनुसार धुलिखेल परिक्षण प्रयोगशालामा परिक्षण भएका ३९ वटा नमुनाको नतिजा प्राप्त भएकोमा १२ वटा नमुनाको परीक्षणको नातिजा पोजिटिभ पुष्टि भएको छ भने बाँकि २७ ओटा नमुनाहरुको नतिजा नेगेटिभ रहेको जानकारी प्राप्त भएको छ । बाँकी नतिजा परिक्षणको क्रममा रहेको जानकारी प्रयोगशालाले दिएको छ ।

अध्यावधिक विवरण अनुसार खैरहनी नगरपालिकाका ६५, ६३, २९, ३६, ५७, ५५, २७, ३२ र ४८ वर्षीय पुरुषहरु ९ जना र २६,५९ र ४६ वर्षीया महिलाहरु ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !