७ आश्विन २०८१, सोमबार

गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २०९४


कोरोना भाइरस

पोखरा, भदौ १३। गण्डकी प्रदेशमा आज बिहान र दिउसो गरी थप २८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २०९४ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान १०:२० बजे र दिउसो १:४५ बजे दुई वटा छुट्टाछुट्टै प्रेस बिज्ञप्ति जारी गर्दै २८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

आज बिहान अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा र चितवन मेडिकल कलेज, चितवनमा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ २१ जनामा कोरोना संक्रमण देखिएको हो । कोरोना संक्रमित हुनेमा नवलपरासी सुस्ता पूर्वका २१ जना रहेका छन् ।

आज दिउसो अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ७ जनामा कोरोना संक्रमण देखिएको हो । कोरोना संक्रमित हुनेमा लम्जुङको बेसीशहरमा कार्यरत ६ जना कर्मचारीहरु र कास्कीको पोखरा महानगरपालिका-१० का १ जना रहेका छन् ।

सबै व्यक्तिहरु कन्ट्याक ट्रेसिंगबाट पहिचान भएका हुन् । लमजुङ जिल्लाका सबैजना नेपाल प्रहरीमा कार्यरत रहेका छ भने कास्की जिल्ला, पोखरा महानगरपालिका-१० का महिला संक्रमित मेघा बैंक, पोखरा, बगर शाखामा कार्यरत पुरुष हुन् । आज बिहान र दिउसो कोरोना पुष्टि हुने सबै व्यक्तिहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भई रहेको छ ।

गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २०९४ गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २०९४


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !